सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभियो, आजबाट एकीकृत कारोबार – Nepal Press

सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभियो, आजबाट एकीकृत कारोबार

काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सले एकिकृत कारोबार सुरु गरेका छन् । सिर्जना फाइनान्स सिटिजन्स बैंकसँग गाभिएसँगै  आजबाट एकिकृत काराेबार सुरु गरेकाे हाे ।

असार २५ प्राप्ति पश्चात सिटिजन्स बैंकको निक्षेप करिव १ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी करिव १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको शाखा १८९ र ग्राहक सङ्ख्या करिव १२ लाख पुगेको छ ।

यि दुई संस्था बीच भएको प्राप्तिसँगै सिटिजन्स बैंकको उपस्थित प्रदेश नम्बर १ र २ बलियो भएको छ । प्रदेश नम्बर १ र २ मा यस बैंकको शाखाको संख्या २७र२७ वटा पुगेको छ । सिर्जना फाइनान्स लिमिटेडका सेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाएका छन् ।

सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ती पश्चात चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
२०६४ बैशाख ७ गते २० औ वाणिज्य बैंकको रुपमा स्थापित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसले पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स, प्रिमियर फाइनान्स , सहयोगी विकास बैंक लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर