माधव पक्ष आन्तरिक छलफलमा, सिंहदरवारमा पर्खिँदै संस्थापन पक्ष – Nepal Press

माधव पक्ष आन्तरिक छलफलमा, सिंहदरवारमा पर्खिँदै संस्थापन पक्ष

स्थायी कमिटी बोलाउन महासचिव पोखरेल परामर्शमा

काठमाडाैं । एमालेको आन्तरिक एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने समय विहान ८ बजे भने पनि माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेपछि ढिला भएको छ ।

स्रोतका अनुसार माधव पक्षधर वार्ता टोली सदस्यहरु नेपाल निवास कोटेश्वरमा छन् । बरिष्ठ नेता नेपाल सर्वोच्चको फैसलाअघि कुनै सम्झौताको पक्षमा छैनन् ।

संस्थापन पक्षका भने पाँचै जना नेताहरु अर्थमन्त्रालयमा छन् । माधव पक्षका नेताहरु पुगेपछि सहमतिमा हस्ताक्षर हुने भनिएको छ ।

यता सहमति लगत्तै बैठक बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्न महासचिव ईश्वर पोखरेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । एमालेको विधानमा अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था छ ।

कार्यदलले सहमतिमा हस्ताक्षर गरेपछि बैठक बस्ने महासचिव ईश्वर पोखरेलले बताए । कार्यदलको बैठक विहान ८ बजे राखिए पनि माधव नेपाल पक्षका कार्यदल सदस्यहरु अहिलेसम्म सिंहदरवारमा पुगेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर