प्रदेश-२ : सांसद विकास कोष खारेज गर्न एमाले सांसद यादवको माग – Nepal Press

प्रदेश-२ : सांसद विकास कोष खारेज गर्न एमाले सांसद यादवको माग

जनकपुरधाम । प्रदेश २ की नेकपा एमाले सांसद मञ्जु यादवले सांसद विकास कोष खारेज गर्न माग गरेकी छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले यस्तो माग गरेकी हुन् ।

उनले भनिन्, ‘बजेट प्रस्तुत भएको २५ दिनसम्म किन बैठक बस्न सकेन ? यसको जवाफ आज पनि पाउन सकिन्न । तर, मिडियामा सांसद विकास कोषको रकम बढाउने मागमा सहमती नजुट्दा संसद बैठक अवरुद्ध भइरहेको कुरा आइरहेको छ । त्यसैले म सांसद विकास कोष नै खारेजको माग गर्दछु ।’

असार १ मा अर्थमन्त्री विजय यादवले बजेट प्रस्तुत गरेर टेबल गर्ने बेलामा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले सांसद विकास कोषको रकम बढाउनुपर्ने माग राख्दै संसद नै अवरुद्ध गरेका थिए । प्रत्यक्ष सांसदलाइ ३ करोडबाट ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडबाट अढाई करोड पुर्‍याउनुपर्ने उनीहरूको माग छ ।

सांसद यादवले सांसद विकास कोष नै खारेज गर्नुपर्ने माग गरेपछि सदनमा धेरै सांसद चकित भएका छन् । उनले छोरीलाई पैत्रिक सम्पत्तिमा हक नपाउने गरेको जस्तै केन्द्रदेखि प्रदेशसम्म समानुपातिक र प्रत्यक्ष निर्वार्चित सांसदमा विभेद भइरहेकोमा दु:ख व्यक्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर