एमाले कार्यदलमा एकताको ‘सहमति’ – Nepal Press

एमाले कार्यदलमा एकताको ‘सहमति’

काठमाडौं । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।

उनले सञ्चारकर्मीसँग भने, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’

सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले जानकारी दिए । । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उनले आग्रह गरेका छन् ।

माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि लगभग सहमतिमा पुगेको बताए । एकाध विषयहरु भोली टुंग्याउने उनको भनाइ छ ।
‘एकाध विषयमा छलफल बाँकी छ, भोली सम्पूर्ण हिसाबले निस्कर्षमा पुग्छाै‌‌,’ उनले भने, ‘समयको अभावले एकाध विषय बाँकी रहेको हो । अरु सबैमा सहमतिमा पुगेका हौं । हामी सम्पूर्ण हिसाबले पार्टीलाई एकतावद्ध गर्छौं ।’


प्रतिक्रिया

2 thoughts on “एमाले कार्यदलमा एकताको ‘सहमति’

  1. नेपालमा धेरै दलहरु आवश्यक छैन । दलभित्र आन्तरिक प्रजातन्त्र हुने र निर्वाचनबाट पदाधिकारी चयन हुने साथै चयन भएका पदाधिकारीहरुले सामूहिक रुपमा वा आम सहमति नभए मतदान मार्फत हरेक विवादको समाधान गर्ने हो भने दल भित्रका कोही कसैले पनि आफू अपहेलित भएको महसुस गर्नु पर्दैन । साथै आफ्नो चाहना बमोजिमको निर्णय नभएपनि बहुमतबाट आफ्नो निर्णय अस्वीकृत भएपछि सहज रुपमा चित्त बुझाउन सकिन्छ तर यहि स्टेपबाट गुट निर्माण गर्नु भने हुन्न । पार्टी भित्र गुट रहुन पार्टी र देश दुवैका लागि घातक हो भन्ने हाम्रो नेपालकै अनुभवबाट हामीले सिकेका छौं । सबै दलहरु भित्रको गुट अन्त्य भई फुटेका र फुटको संघारमा पुगेका सबै जुटुन् ।शुभकामना ।

  2. सकारात्मक सन्देश आएर ,
    भोलिसम्म यही अवस्था रहोस् ।
    शुभकामना

Leave a Reply to Shubha Raj Pokharel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर