चार घण्टादेखि एमाले कार्यदल बैठक जारी, शंकर पोखरेलले भने- सम्भवत: आजै टुंग्याउँछौं – Nepal Press

चार घण्टादेखि एमाले कार्यदल बैठक जारी, शंकर पोखरेलले भने- सम्भवत: आजै टुंग्याउँछौं

काठमाडौं । नेकपा एमालेको कार्यदल बैठक सिंहदरबारमा जारी छ । अर्थमन्त्रालयमा बसिरहेको आजको बैठकमा नेताहरू चार घण्टादेखिको छलफलमा छन् ।

बैठकको बीचमै बाहिर निस्किएका नेता शंकर पोखरेलले सहमतिको लागि प्रयास गरिरहेको बताएका छन् । ओली पक्षको कार्यदल सदस्य पोखरेलले संचारकर्मीसँग भने, ‘सहमतिका लागि प्रयास गरिरहेका छौँ, सम्भवत: आजै टुंग्याउँछौँ ।’

आजको बैठकमा दुवै पक्षले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिमरूप दिने कोसिस हुने नेताहरूले बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर