विश्व बैंकले नेपाललाई भन्यो : निःशुल्क खोप पर्खेर नबस, हामी सहयोग गर्छौं – Nepal Press

विश्व बैंकले नेपाललाई भन्यो : निःशुल्क खोप पर्खेर नबस, हामी सहयोग गर्छौं

काठमाडौं । विश्व बैंकले कोभिड-१९ खोप खरिदका लागि नेपाललाई आर्थिक सहायताको प्रतिबद्धता जनाएको छ । भर्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले नेपालले अनुदानमा उपलब्ध गराइने खोपको प्रतिक्षा गर्न नहुने बताए ।

निर्देशक जर्भोसले कोभ्याक्स संयन्त्रले सेकेन्ड विन्डो कार्यक्रममार्फत वितरण गर्ने खोप खरिद गर्नुपर्ने समेत बताए । विश्व बैंकले यसअघि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनबाट हुने खोप खरिदमा आर्थिक सहायताको प्रतिबद्धता जनाएको थियो ।

निर्देशक फरिसले पैसाकै कारण खोप ल्याउन ढिलाइ हुन नहुने बताए । ‘खोप खरिदका लागि विश्व बैंकले नेपाललाई १०० मिलियन डलर उपलब्ध गराएको छ’ उनले भने, ‘थप १६० मिलियन डलर एसियाली विकास बैंकमार्फत उपलब्ध गराइनेछ ।

नेपाललाई खोप खरिदका लागि आवश्यक पर्न सक्ने २६० मिलियन डलर समेत सघाउन बैंक तयार रहेको उनको भनाई थियो । ‘पैसा मुख्य कुरा हैन’ उनले भने, ‘मुख्य कुरा कसरी नेपालले आफ्नो पूर्ण जनसंख्यालाई कसरी खोप लगाउँछ भन्ने महत्वपूर्ण कुरा हो ।’

नेपालको कूल जनसंख्याको ७२ प्रतिशत अर्थात ३० मिलियन जनसंख्यालाई २ डोज खोप लगाउन ४४ मिलियन डोज खोप जरुरी हुन्छ । कोभ्याक्सले प्रतिबद्धता जनाएको १३ मिलियन डोजले नेपालको २० प्रतिशत जनसंख्यालाई लगाउन पुग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर