मनसुन पुनः सक्रिय हुँदा देशभर वर्षा, बागमती र गण्डकीमा बाढी–पहिरोको जोखिम – Nepal Press

मनसुन पुनः सक्रिय हुँदा देशभर वर्षा, बागमती र गण्डकीमा बाढी–पहिरोको जोखिम

काठमाडौं । मनसुनी वायुको असर देशभर रहँदा हिजोदेखि राजधानी काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको र अन्य प्रदेशका केहि स्थानमा वर्षा भइरहेको जानकारी दिएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार वर्षा गराउने न्यूनचापीय रेखा नेपाल नजिकै रहेका कारण केहि दिन लगातार वर्षाको सम्भावना छ । ‘न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा नेपालभन्दा केहि तल र पश्चिम क्षेत्रमा नेपाल नजिकै छ । त्यसैले केहि दिन यसको प्रभाव रहन्छ,’ उनले नेपाल प्रेससँग भनिन् ।

कँडेलले बागमती र गण्डकीका धेरै स्थानमा रातीदेखि नै लगातार वर्षा भइरहेको र केहि स्थानमा धेरै भारी वर्षा भएकाले पहिरोको जोखिम तथा तटीय क्षेत्रका बासिन्दाहरुलाई सजग रहन आग्रह गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर