ललितपुर अदालत ५ वर्षभित्र पूर्ण ‘डिजिटाइज’ बनाइने (भिडियो) – Nepal Press

ललितपुर अदालत ५ वर्षभित्र पूर्ण ‘डिजिटाइज’ बनाइने (भिडियो)

काठमाडौं । ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्षभित्रमा अदालतलाई पूर्णरूपमा ‘डिजिटाइज’गर्ने भएको छ ।

विहीबार ललिपुर जिल्ला अदालतमा आयोजित कार्यक्रममा बोल्दै स्रेस्तेदार विष्णुप्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतिमा सुधार गरी पूर्णरूपमा डिजिटाइज अदालतको रूपमा विस्तार गरिने बताए ।

उनले अदालतको अभिलेख शाखामा रहेका ६८ हजार १ सय ४८ थान मिसिलहरूमध्ये ६६ हजार ६ सय ६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गराइसकिएको, अभिलेखमा दर्ता रहेका मिसिल कागजातहरु मध्ये ५३ हजार २ सय ६९ थान मिसिल कागजातहरु धुल्याइ सकिएको र ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइज समेत गरिसकिएको जानकारी दिए ।

मेलमिलापमार्फत् मुद्दाको मिलापत्र गराउने काम प्राथमिकतामा राखेको अदालतले जनाएको छ । यस आर्थिक वर्षमा ५ सय ४७ मध्ये १०८ मुद्दा मेलमिलापबाट टुंगिएको स्रेस्तेदार पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *