करिब २४ अंकले बढ्यो नेप्से – Nepal Press

करिब २४ अंकले बढ्यो नेप्से

काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक २३.९७ अंकले बढ्दै २८२५.१० विन्दुमा पुगेको छ ।

आज २२३ कम्पनीको ५१ हजार पटकको कारोबारमा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको कारोबार भयो । आज व्यापार तथा अन्य समूहबाहेक सबै समूहको सूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स कम्पनीका सेयरधनीले कमाएका छन् ।

आज सबैभन्दा बढी नेपाल बैंकको २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *