एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस – Nepal Press

एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौं । नेपाल सरकारको विशिष्ट श्रेणीअन्तरगत एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । बिहिबार बसेको बढुवा सिफारिस समितिको बैठकले तीन नाम सिफारिस गरेको समितिले जनाएको छ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले एक नम्बरमा कृष्णहरी पुष्कर, दुई नम्बरमा खगेन्द्रप्रसाद नेपाल र तीन नम्बरमा किरणराज शर्माको नाम सिफारिस गरेको हो । पुष्कर हाल कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रवक्ताको जिम्मेवारीमा छन् भने नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् । यस्तै शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा छन् ।

पुष्कर यसअघि दुईपटक र नेपाल एकपटक बढुवाका लागि सिफारिस भइसकेका छन् भने शर्मा पहिलोपटक सिफारिस भएका हुन् । तेस्रोपटक बढुवाका लागि सिफारिस भएकाले पुष्करको सम्भावना बलियो छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले एकलाई सचिवमा बढुवा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर