रामोस पीएसजीमा अनुबन्धित: दुई वर्षका लागि सम्झौता


काठमाडौं । रियाल मड्रिडका पूर्व कप्तान तथा चार पटकका च्याम्पियन्स लिग विजेता सर्जियो रामोस फ्रेन्च हेभिवेट पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्धित भएका छन् ।
बिहीबार भएको सम्झौताअनुसार रामोसले २०२३ सम्मका लागि पीएसजीसँग सम्झौता गरेका हुन् । रियालमा १६ वर्ष बिताएर चार च्याम्पियन्स लिगसँगै पाँच ला लिगा र चार क्बल विश्वकप जितेका रामोसले एक्कासी क्लब छाड्ने निर्णय गरेका थिए ।
‘म पीएसजीसँग जोडिन पाउँदा एकदमै खुशी छु,’ रामोसले भने, ‘यो मेरो जीवनमा ठूलो परिवर्तन र नयाँ चुनौती हो । म यो दिन कहिले पनि बिर्सने छैन ।’
𝐒𝐢 𝐒𝐞𝐧̃𝐨𝐫! ✍️
🔴🔵 #WelcomeSergio
pic.twitter.com/n6vciD7YxU— Paris Saint-Germain (@PSG_English) July 8, 2021
सन् २०१२ मा स्पेनिस टोलीबाट विश्वकप विजेतासमेत बनेका रामोसलाई गत साता रियालले विदाई गरेको थियो । विदाई समारोहमा भावुक बनेका रामोसले आफू रियालमै बस्न चाहे पनि क्लबले त्यसलाई सकारात्मक रूपले नलिएको दाबी गरेका थिए ।
गत सिजनको अन्त्यमा चोट ग्रस्त बनेका ३५ वर्षीय लिजेन्ड रामोस जारी युरो २०२० को स्पेनिस टोलीमा परेका थिएनन् ।