एमालेमा वार्ता चलिरहँदा झाँक्रीको टिप्पणी- संसद पुन:स्थापना अनिवार्य सर्त, जालझेलमा पर्नुहुन्न – Nepal Press

एमालेमा वार्ता चलिरहँदा झाँक्रीको टिप्पणी- संसद पुन:स्थापना अनिवार्य सर्त, जालझेलमा पर्नुहुन्न

काठमाडौं । नेकपा (एमाले) को विवाद समाधनका लागि कार्यदलमार्फत तारन्तर वार्ता चलिरहँदा नेतृ रामकुमारी झाँक्रीले भने संसद पुनःस्थापना सहमतिको अनिवार्य सर्त भएको भन्दै कुनै जालझेलमा पर्न नहुने बताएकी छन् ।

‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य सर्त हो,’ ट्वीटरमा उनले लेखेकी छिन्, ‘हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ । अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न, झुक्किनु हुँदैन।’

एमालेमा विवाद समाधानका लागि सोमबारदेखि लगातार कार्यदलको बैठक बसिरहेको छ। नेताहरुले सहमतिको नजिक-नजिक पुग्न लागिरहेको बताइरहेका छन्।

यही सिलसिलामा हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटेल मेरियटमा दोस्रो तहका नेतासहित वार्ता पनि भएको छ । वार्ता सकरात्मक भएको बताइएको छ।


प्रतिक्रिया

One thought on “एमालेमा वार्ता चलिरहँदा झाँक्रीको टिप्पणी- संसद पुन:स्थापना अनिवार्य सर्त, जालझेलमा पर्नुहुन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर