पूर्वप्रधानमन्त्री झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने – Nepal Press

पूर्वप्रधानमन्त्री झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ ।

खनालको उपचारमा लागेको सम्पूर्ण खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानीको व्यवस्था मिलाउने सरकारको निर्णयको जानकारी मुख्यसचिव शंकरदास वैरागीले अर्थ र गृहमन्त्रालयलाई गराएका छन् ।

मृगौलासम्बन्धी समस्या देखिएपछि वरिष्ठ नेता खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नेता खनालको उपचार खर्च व्यहोर्ने जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर