संसद पुन:स्थापना भए मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिन्छ : अरगरिया – Nepal Press

संसद पुन:स्थापना भए मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिन्छ : अरगरिया

जनकपुरधाम । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले संसद पुन:स्थापना भए मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिने बताएका छन् ।

बुधबार सांझ विमानस्थलबाट जनकपुरधाम आएका उनले संचारकर्मीसंग भने, ‘पहिलो पटक संसद पुन:स्थापना हुंदा दलहरुले के गर्‍यो सबैलाई थाहा छ । आफैमा गालीगलोज गरे । त्यसैले अब ताजा जनादेश लिनुको विकल्प छैन ।’

सर्वोच्च अदालतले संसद पुन:स्थापना गरिदिए पनि प्रधानमन्त्री केपीशर्मा ओली नै रहने उनले बताए । संचारकर्मीको जिज्ञासामा उनले आफूहरुलाई पुन: मन्त्री बनाउने विषयमा प्रधानमन्त्री ज्यूले केहि आश्वासन नदिएको स्पष्ट पारे ।

निवर्तमान मन्त्री अरगरियालाई जसपाका महन्थ ठाकुर पक्ष र एमालेका राष्ट्रिय यूवा संघका नेता कार्यकर्ताहरुले स्वागत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर