ओली र नेपाल मेरियट होटलमा एकसाथ प्रवेश, वार्तामा को-को छन् दोस्रो तहका नेता ? – Nepal Press

ओली र नेपाल मेरियट होटलमा एकसाथ प्रवेश, वार्तामा को-को छन् दोस्रो तहका नेता ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा ‘निर्णायक’ वार्ता जारी छ ।

वार्तामा दुवै तर्फका दोस्रो तहका नेताहरु पनि सहभागी छन् ।

स्रोतका अनुसार ओली पक्षबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी छन् । यस्तै नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति छ ।

ओली र नेपाल दुवै आफ्ना सहकर्मीहरुसहित एक साथ मेरियट होटलमा प्रवेश गरेको स्रोतले जानकारी दियो । पार्टी एकताका लागि गठित कार्यदल सहमति नजिक पुग्दा शीर्ष दुई नेताहरुबीच वार्ता सम्भव भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर