ओली र नेपालबीच भेटवार्ता, दोस्रो तहका नेता पनि सहभागी

२०७८ असार २३ गते १९:३९

फाइल तस्बिर।
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । वार्तामा दोस्रो तहका नेताहरु पनि सहभागी छन् ।
पार्टी एकताका लागि गठित कार्यदलले सहमतिको मस्यौदा बनाउँदै गर्दा दुई शिर्ष नेताहरु वार्तामा बसेका हुन् । दुई नेताबीच समझदारी भएको खण्डमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी पनि छ ।
प्रतिक्रिया