ईसेवा मनि ट्रान्सफर र युकेको सिफ्ट सर्भिसबीच सम्झौता – Nepal Press

ईसेवा मनि ट्रान्सफर र युकेको सिफ्ट सर्भिसबीच सम्झौता

काठमाडौं । रेमिट्यान्स् बजार तीव्ररूपमा विस्तार गरिरहेको ईसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, यूरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशबाट सहजै रेमिट्यान्स् पठाउन सकिने भएको छ ।

विदेशमा रहेका नेपालीले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ईसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् । नेपालीले सिफ्ट मार्फत पठाएको रकम ईसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सक्ने बताइएको छ ।


प्रतिक्रिया

One thought on “ईसेवा मनि ट्रान्सफर र युकेको सिफ्ट सर्भिसबीच सम्झौता

  1. भारत बाट पनि यो सुभिदा सुचारु हुनु पर्यो छिटोभन्दा छिटो

Leave a Reply to बिष्णु बहादुर बडुवाल Cancel reply

Your email address will not be published. Required fields are marked *