पर्वतमा सुन्दरे खोलाको बाढीले जीप बगाउँदा तीन जना बेपत्ता – Nepal Press

पर्वतमा सुन्दरे खोलाको बाढीले जीप बगाउँदा तीन जना बेपत्ता

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-८ मा पर्ने सुन्दरे खोलाले जीप बगाउँदा तीनजना बेपत्ता भएका छन् ।

मंगलबार राति परेको भारी वर्षापछि बढेको सुन्दरे खोला तर्न लाग्दा गाडिसहित बेपत्ता भएका तीनजनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बेपत्ता हुनेमा मध्यपहाडी लोकमाग अन्तर्गत पर्वत खण्डमा निमार्णरत कम्पनी लामा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जिनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु छन् अर्का एक जनाको पहिचान खुल्न नसकेको जिप्रका पर्वतले जनाएको छ ।

बाढीले खोला किनारमा रहेका तीन वटा घर पनि बगाएको छ । मानवीय क्षति भने भएको छैन ।

सन्दीप रिजालकाे सहयाेगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *