राप्ती स्वास्थ्य प्रतिष्ठानको रजिस्ट्रारमा प्रकाश थापा र रेक्टरमा डा. बसन्त लामीछाने नियुक्त – Nepal Press

राप्ती स्वास्थ्य प्रतिष्ठानको रजिस्ट्रारमा प्रकाश थापा र रेक्टरमा डा. बसन्त लामीछाने नियुक्त

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको पदाधीकारी नियुक्त गरिएको छ । प्रतिष्ठानको रेक्टरमा प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामीछाने नियुक्त भएका छन् । त्यस्तै रजिस्ट्रारमा प्रकाश थापा नियुक्त भएका छन् ।

प्रतिष्ठानमा हातपातको घटनापछि निष्कृय जस्तै रहेका रजिस्ट्रार रामप्रसाद प्याकुरेलको राजिनामापछि मंगलबार भएको स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट नयाँ रजिस्ट्रारमा थापा नियुक्त भएका हुन् भने यसअघि रेक्टर रहेका बिश्वनाथ यादबले राजिनामा दिएपछि उनको ठाउँमा लामीछाने नियुक्त भएका छन् ।

बर्षदिन देखि प्रतिष्ठानमा कामु रजिस्ट्रारकोरुपमा झङ्कार लामीछानेले काम गरिरहेका थिए भने कामु रेक्टरकोरुपमा डा. सागर पन्थिले जिम्मेवारी लिएका थिए । नब नियुक्त पदाधिकारि थापा र लामीछानेलाई प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारी, प्रतिष्ठानको प्रमुख सल्लाहकार नारायण भुसाल, सल्लाहकार बलिभद्र रानाले बधाइ तथा शुभकामना दिएका छन् । लामिछानेले यसअघि प्रतिष्ठानको डिन भैसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर