सशस्त्र प्रहरीका दुई एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस – Nepal Press

सशस्त्र प्रहरीका दुई एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमाथी चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकले ७ दिन भित्र बढुवामाथी उजुरी सुन्ने समितिमा उजुरी दिन पनि बढुवा समितिले आग्रह गरेको छ । धौबजी र न्यौपाने दुवैजना प्राविधिक सईको रुपमा सेवा प्रवेश गरेका थिए । पछि सशस्त्रमा आएपछि गैर प्राविधिक बनेका हुन् ।

डीआईजीमा बढुवाका लागि उनीहरुसँगै विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की र नेत्रकुमार खत्री लगायत प्रतिस्पर्धामा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर