वागमतीका सवारीसाधनको कर अनलाइनमार्फत तिर्न सकिने – Nepal Press

वागमतीका सवारीसाधनको कर अनलाइनमार्फत तिर्न सकिने

काठमाडौं । वागमती प्रदेशमा दर्ता भएका सवारीसाधनका धनीले अनलाइनमार्फत सवारी कर तिर्न सक्ने भएका छन् ।

वागमती प्रदेश यातायात व्यवस्था कार्यालय हेटौडाले एक सूचना निकालेर कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउन अनलाइनबाट नै विवरण अद्यावधिक गर्न सकिने जनाएको छ । वागमती प्रदेशका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका वा नवीकरण गरिएका सवारीसाधनको विवरण अधावधिक गर्ने कार्य जारी रहेको कार्यालयले जनाएको छ ।

अनलाइनमार्फत राजश्व भुक्तानी, नवीकरण, जरिवानालगायत अन्य दस्तुर तिर्न सकिने र मन्त्रालयको यातायात व्यवस्था सूचना प्रणालीको वेबसाइटमा गएर मोवाइल नम्बर भेरिफाइ गरी आफ्नो सवारीसाधन सम्बन्धी विवरण भर्न सकिने बताइएको छ । साथै, नागरिक एप्समा रहेको ‘सवारी कर’ पोर्टलमा गई विवरण अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर