कैलालीमा निषेधाज्ञा थप, सवारीमा जोरबिजोर हटाइयो – Nepal Press

कैलालीमा निषेधाज्ञा थप, सवारीमा जोरबिजोर हटाइयो

कैलाली । कैलालीमा जारी निषेधाज्ञा आगामी साउन १ गते सम्म थप भएको छ ।

यस अघि थप गरिएको निषेधाज्ञा असार २३ गते सकिँदै थियो । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै निषेधाज्ञा साउन १ गतेसम्म लम्बिएको जनाएको हो ।

बिभिन्न बैठक, तालिम, गोष्ठी, सेमिनारका लागि २५ जना मात्रै उपस्थित हुन पाउने छन् । होटेल, रेस्टुरेन्ट, फास्ट फुट, खाजा तथा चिया पसलहरु बिहान ५ बजे देखि राति ८ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ ।

जिल्ला भित्र र बाहिर प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर सञ्चालन गर्न पाउने भनिएको छ ।

कार जिप , भ्यान र ट्याक्सीमा चालक सहित बढिमा ४ जना र अटोमा चालक समेत गरि ३ जना मात्रै यात्रा गर्न पाउने व्यवस्था लागू गरिएको छ ।
कैलाली जिल्ला भित्रका यात्रुबहाक सवारी साधनलाई जोरबिजोर प्रणाली हटाउँदै जनस्वास्थ्य मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *