सर्वोच्चको फैसलाबारे प्रचण्डको अनुमान- देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ – Nepal Press

सर्वोच्चको फैसलाबारे प्रचण्डको अनुमान- देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने दावी गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्ने ठोकुवा गरे । उनले सर्वोच्चको आदेशबाट प्रतिनिधिधिसभा पुन:स्थापना हुने र देउवा प्रधानमन्त्री बन्नेमा विश्वस्त रहेको बताए ।

प्रचण्डले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दबाब दिएर निरंकुश बन्दै गएको आरोप लगाए । उनले भने, ‘ओली जनताको नजरमा निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भइसक्यो ।’

यसअघि मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गर्ने सर्वोच्चको फैसलाको पूर्वसन्ध्यामा पनि प्रचण्डले धादिङमा अदालतको फैसलाको पूर्वानुमान गरेका थिए । प्रधानमन्त्री ओलीले त्यसलाई ‘स्याल कराउनु र कुखुरो हराउनु’को संज्ञा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर