इजलासमा घिमिरेको जिकिर – उपधारा ५ मा सांसदको टाउको नै गन्ने हो – Nepal Press

इजलासमा घिमिरेको जिकिर – उपधारा ५ मा सांसदको टाउको नै गन्ने हो

काठमाडौं । वरिष्ठ अधिवक्ता कमलप्रकाश घिमिरेले प्रधानमन्त्री बनिराख्न जनताको विश्वास कायम रहनु पर्ने बताएका छन् ।

सर्वोच्च अदालतले गठन गरेको एमीकस क्यूरी सदस्य रहेका घिमिरेले सोमबार संसद विघटन सम्बन्धी मुद्दामा राय दिँदै भने, ‘प्रधानमन्त्री भन्ने मान्छे एक मिनेट पनि जनताले विश्वास गरेको मान्छे हुनुपर्छ । हैन भने प्रधानमन्त्रीको कुर्सीमा बस्न पाउने अधिकार छैन । जनताले पत्याएको छैन भने मन्त्री हुन पाउँदैन भनेको छ संविधानमा । भनेपछि प्रधानमन्त्री कसरी हुन पाउँछ ?’

२/२ पटक बिश्वासको मत पाउन नसकेको मान्छे फेरि प्रधानमन्त्री हुन नसक्ने तर्क घिमिरेको छ। ‘उपधारा ५ बमोजिम नियुक्ति प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा भनिसकेपछि यो सिद्धियो,’घिमिरेले भने, ‘५ बमोजिम विश्वासको मत पाउन नसकेमा मात्र विघटन गर्न पाउँछ। २/२ पटक विश्वासको मत पाउन नसकेको मान्छे फेरि प्रधानमन्त्री हुन सक्दैन ।’

विश्वासको मत नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रधानमन्त्रीमा दावी गरेर कानूनविपरीत काम गरेको तर्क उनले गरे। ‘६ गतेको प्रधानमन्त्री र ७ गतेको प्रधानमन्त्री फरक भएर आउनपर्छ,’ घिमिरेले भने, ‘६ गते उहाँ एकदम क्लिन हुनुहुन्थ्यो । उहाँले विज्ञप्ति निकाल्दै वैकल्पिक सरकार निर्माण गर्न मार्ग प्रशस्त गरे भन्नुभयो । संगसंगै नयाँ प्रधानमन्त्रीका लागि दावी पेस पनि गर्नुभयो । कुनै कानूनले पनि नदिने, कुनै प्रक्रियाले पनि नदिने काम उहाँले गरेको देखिन्छ।’

संविधानको धारा ७६ को उपधारा ५ मा सांसदको हैसियत स्वतन्त्र हुने घिमिरेको तर्क छ। ‘उपधारा ५ बमोजिम नियुक्त हुने मान्छे दलको समर्थनमा मात्र प्रधनमन्त्री हुने होइन,’ उनको भनाइ छ, ‘ओलीले बुझाएको चिठी दलको समर्थन वाला उपधारा २ मा मात्रै काम लाग्छ । ५ मा त टाउको नै गन्ने हो । सांसदको समर्थनमा प्रधानमन्त्री बन्ने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर