दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब तल – Nepal Press

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब तल

काठमाडौं । आज नेप्से परिसूचक ११।७८ अंकले घट्न पुगेको छ । कारोबार रकम पनि ४ अर्ब ५८ करोड रुपैयाँमा सिमित भएको छ ।

आज १ करोड ६३ हजार ६३६ कित्ताको कारोबार हुँदा सबैभन्दा बढी हिमालय डिष्टिलरीको ४१ करोड रुपैयाँ बराबरको भएको छ ।

यसैगरी अपर तामाकोशीको शेयर मूल्य पनि १९ करोड रुपैयाँ बराबरको भएको छ । आज विशाल बजारको शेयर मूल्य सबैभन्दा धेरै करिव १० प्रतिशतले बढेको छ । आज व्यापार, उत्पादन, अन्य, म्यूचल फण्ड र लगानी समूह बाहेक अन्य समूह रातो भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर