नेवानिका प्रबन्ध निर्देशक पौडेलको जवाफ- आफू अनुकूल व्याख्या गरेर खिल्ली नउडाऔं – Nepal Press

नेवानिका प्रबन्ध निर्देशक पौडेलको जवाफ- आफू अनुकूल व्याख्या गरेर खिल्ली नउडाऔं

काठमाडौं । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले हुँदै नभएको निर्णयलाई आफू अनुकूल व्याख्या गरेर मन्त्रालय र सरकारको खिल्ली उडाउन खोजेको प्रष्टीकरण दिएका छन् ।

सरकारी स्वामित्वमा रहेको निगम निजीकरण गर्न खोजिएको भन्दै कर्मचारी आन्दोलित भइरहेको बेला पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो कुरा राखेका हुन् । पौडेलले निगमलाई सुधारका लागि सरकारले गरेको प्रतिबद्धता अनुरूप कम्पनी मोडलमा संचालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्धपत्र नियमावलीको ढांचा तयार गरी असार १५ गते भित्र पेस गर्नु भनेअनुसार गठन गरिएको उपसमितिले तयार गरेको रणनैतिक साझेदार सहितको ढाँचा हुबहु मन्त्रालयमा पेस गरेको बताएका छन् ।

‘यो कुनै कम्पनी मोडलमा लैजाने निर्णय पनि होइन र यो निगम निजीकरण गर्ने निर्णय पनि होइन। सुधारका लागि विभिन्न विकल्पको भनिएको प्रतिबद्धता अनुसार नै विभिन्न विकल्पको खोजी भएको हो’, पौडेलले भने ।

निगमलाई कुन मोडलमा संचालन गर्ने भन्ने भनेर अध्ययन गरेको तर यही मोडलमा जाने निर्णयमा नपुगेको उनको भनाइ छ । संचालक समितिको निर्णय नेपाल सरकारको भएकाले निगमका लागि त्यो सर्वमान्य हुने पौडेलले बताएका छन् ।

‘निगम अहिले जुन अवस्थाबाट गुज्रेको छ यसरी यही तरिकाबाट कुनै पनि हालतमा चल्न सक्दैन, धेरै विकल्पहरु मध्ये कम्पनि मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल हो । तर, अहिलेको जस्तो न्यून पुंजी र अत्यधिक कर्जा लिएर कुनै पनि हातलमा कम्पनी मोडलमा जानु हुँदैन, कम्पनी सुधार सम्बन्धमा राय दिँदै पौडेलले लेखेका छन्, ‘ पहिला कर्जा तिर्नुपर्छ सम्पत्ति थप गर्नुपर्छ, प्रयाप्त शेयर पुंजी बनाउनु पर्छ, रणनैतिक योजना बनाउनु पर्छ अनिमात्र कम्पनि मोडलमा जानु पर्छ। नेपाली श्रम सीप र योग्यताको विकासको लागि सुरुका केही बर्षमा बिदेशी ख्याति प्राप्त वायुसेवा कम्पनीसँग रणनैतिक साझेदारी गरिनुपर्छ’ बस कुरा यही हो । यथार्थपरक व्याख्या गरौं, आफूअनुकुल व्याख्या गरेर संस्था, मन्त्रालय र सरकारको खिल्ली उडाउन छोडौं ।’


प्रतिक्रिया

One thought on “नेवानिका प्रबन्ध निर्देशक पौडेलको जवाफ- आफू अनुकूल व्याख्या गरेर खिल्ली नउडाऔं

  1. nac sudhar koo lagi k k kasta kasta bikalpa nishke re sir. ki euta matrai koo company karan?
    ani arko kuro airlines lai rin xa kam pujii xaa re puji koo birdi ra reen chukta garesi chai compani karan maa janu parxaa ree ..reen tirera puji birdi vayoo vane chai k company karan maa jane hoora aafai chalayee hunna ra?
    yo kura leta sanka koo ghera ajha kada hunxa hai

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर