दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम मन्त्रिपरिषद्मा सिफारिस – Nepal Press

दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम मन्त्रिपरिषद्मा सिफारिस

काठमाडौं । नेपाल सरकारको रिक्त दुई सचिव पदमा ६ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।

प्रशासनतर्फ सहसचिव मधुसुदन बुर्लाकोटी, कृष्णहरी पुष्कर र खगेन्द्रप्रसाद नेपालको सिफारिस भएको बढुवा समितिले जनाएको छ । यस्तै प्राविधिकतर्फ बढुवाका लागि सिफारिस हुनेमा सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल रहेका छन् ।

प्रशासनतर्फ सिफारिस भएका बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालमा प्रवक्ताको जिम्मेवारीमा छन् भने पुष्कर कोभिड–संकट व्यवस्थापन केन्द्रको बोर्ड सदस्य एवम् प्रवक्ता छन् । यस्तै नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् ।

प्राविधिकतर्फ सिफारिस भएका तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सचिव छन् । सिग्देल कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव छन् । यस्तै खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

अब बस्ने मन्त्रिपरिषद् वैठकले प्रशासनतर्फ ३ जनामध्ये १ जनालाई र प्राविधिकतर्फ पनि ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा गर्नेछ । प्रशासनतर्फ बुर्लाकोटी र पुष्करको नाम यसअघि डा. गणेशप्रसाद पाण्डे सचिवमा बढुवा हुँदा पनि सिफारिस भएको थियो । बुर्लाकोटीको नाम यसअघि दुई नम्बरमा र अहिले एक नम्बरमा गएकाले उनको दावेदारी बलियो । नेपालको नाम भने पहिलोपटक सचिव बढुवाका लागि सिफारिस भएको हो ।

यस्तै प्राविधिकतर्फ पनि तिवारीको र सिग्देलको नाम यसअघि पनि सिफारिस भएको थियो । तिवारी यसअघि २ नम्बरमा र यसपटक पहिलो नम्बरमा सिफारिस भएकाले उनको सम्भावना बढी छ । खनालको नाम भने पहिलो पटक सिफारिस भएको हो । अब सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकले दुई सचिवको बढुवा गर्ने छ ।


प्रतिक्रिया

One thought on “दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम मन्त्रिपरिषद्मा सिफारिस

  1. प्राविधिकतर्फ सिफारिस भएका बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालमा प्रवक्ताको जिम्मेवारीमा छन् भने पुष्कर कोभिड–संकट व्यवस्थापन केन्द्रको बोर्ड सदस्य एवम् प्रवक्ता छन् । यस्तै नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् ।
    ??? What is this

Leave a Reply to DB Khadka Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर