८ अंकले घटेको बजारमा कारोबार साढे पाँच अर्बमा सीमित – Nepal Press

८ अंकले घटेको बजारमा कारोबार साढे पाँच अर्बमा सीमित

काठमाडौं । नेप्से परिसूचक आज ८.४८ अंकले घट्दै २८३४.५२ विन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबार रकम र कारोबार संख्यामा समेत गिरावट आएको छ । आइतबार १ करोड ८४ लाख २ हजार २२१ कित्ता सेयर किनबेचमा  ५ अर्ब ५३ करोड ५३ लाख ८ हजार २५७ रूपैयाँ कारोबार भएको छ । गत बिहीबार ३ करोड २८ लाख कित्ताको सेयर किनबेचमा ६ अर्ब ७० करोड कारोबार भएको थियो ।

आज होटल तथा टुरिजम, अन्य र म्यूचल फन्ड बाहेक अन्य सबै समूहको सेयर रातो भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २१ करोड कारोबार भयो । यसैगरी, नेपाल टेलिकमको १९ करोड बराबरको करोबार भएको छ । आज गुडविल फाइनान्स डिवेन्चरको मूल्य १० प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर