माधव नेपालले के भनेर फर्काए ओली पक्षका नेताहरूलाई ? (भिडियाेसहित) – Nepal Press

माधव नेपालले के भनेर फर्काए ओली पक्षका नेताहरूलाई ? (भिडियाेसहित)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् ।

संस्थापनपक्षबाट पौडेलसहितको टोलीले विपक्षी गठबन्धन छाडेर एमालेमा फर्किन आग्रह गर्दै नेता नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेको थियो । भेटमा प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले बताए ।

‘माधव कमरेडको म, सुवासजी र शंकर जी भएर गएका थियौं । उहाँसँग एकछिन कुराकानी भयो । पार्टीलाई एकताबद्ध गरेर लिएर जाउँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन् । तपाईंहरू एक-आपसमा बस्नुहोस्’,पौडेलले संचारकर्मीसँग भने, ‘ हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौं । समाधान खोजेर अगाडि जाउँ । पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस् हामी त्यो चाहन्छौँ । भनेर हामीले प्रस्ताव राख्यौँ । खासगरी प्रधानमन्त्रीसँग भेट्नका लागि उहाँले अरुची प्रकट गर्नुभयो । ठीकै छ छलफल गर्दे जाउँ भनेर हामी उठ्यौँ ।’


प्रतिक्रिया

2 thoughts on “माधव नेपालले के भनेर फर्काए ओली पक्षका नेताहरूलाई ? (भिडियाेसहित)

  1. किन भेट्ने ? एक्लै दुई तिहाई ल्याउने घमण्ड साथ अरुकाे पार्टीमा याेगदान नै नदेख्ने घमण्डी भ्याकुतासंग । धुलाे चटाउनु नै पर्छ ।

    1. त्यही त, खड्गेसँग भेटिरहनुपर्ने के जरूरत छ अब ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर