काठमाडौं महानगरपालिकाविरुद्ध चित्रकारको प्रदर्शन (तस्बिरहरू) – Nepal Press
काठमाडौं महानगरपालिकाविरुद्ध चित्रकारको प्रदर्शन (तस्बिरहरू)
नेपाल प्रेस २०७८ असार २० गते १४:०६
२०७८ असार २० गते १४:०६

काठमाडौं । कोभिड १९ महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाको सम्मानमा कोरिएका चित्र काठमाडौं महानगरपालिकाले मेटाएको विरोधमा चित्रकारहरूले प्रदर्शन गरेका छन् ।

आज महानगरपालिका अगाडि उनीहरूले प्रदर्शन गरे । सम्बन्धित वडा कार्यालयसँग अनुमति लिएरै चित्र बनाएको भएपनि सो चित्र मेटाइदिएर फ्रन्टलाइनर र कलाको अवमुल्यन गरिएको भन्दै पुन: चित्र बनाउन दिन ज्ञापन पत्रसमेत बुझाइएको छ ।

दुजाङ शेर्पाको परिकल्पनामा रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना संक्रमण, उपचार तथा रोकथामविरुद्धका फ्रन्टलाइनरको सम्मानमा चित्र कोरिएको थियो । प्रदर्शनकारीले ‘कलाको शहरमा कलाकै हत्या’ गरिएको भन्दै महानगरको कदमको टिप्पणीसहितका ब्यानर बोकेका थिए ।