निषेधाज्ञा उल्लंघन गर्ने २ हजार बढी सवारीसाधन प्रहरीको नियन्त्रणमा – Nepal Press

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार बढी सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये १ हजार ८ सय ५९ वटा गाडी र ३ सय ८८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय १६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ८ सय ७९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १८ जनालाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा १ हजार ३ सय ८२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर