जनकपुर विमानस्थलको पार्किङ डुबानमा, जुत्ताचप्पल हातमा बोकेर विमान चढ्दै यात्रु – Nepal Press

जनकपुर विमानस्थलको पार्किङ डुबानमा, जुत्ताचप्पल हातमा बोकेर विमान चढ्दै यात्रु

जनकपुरधाम । अविरल वर्षाका कारण जनकपुर विमानस्थल डुबानमा परेको छ । विमानस्थलको पार्किङ क्षेत्रमा एक फिटसम्म पानी जमेको छ ।

पार्किङ क्षेत्रमा पानी जमेपछि विमान रनवेमै राख्नुपर्दा यात्रुलाई खाली खुट्टा आवत–जावत गर्नुपरेको छ । जुत्ता चप्पल हातमा बोकेर विमान चढ्न जानु परेको यात्रुहरुले गुनासो गरेका छन् ।

विमानस्थलका वरिष्ट अधिकृत मोहन ठाकुरले दुई दिनदेखि निरन्तर भारी वर्षा हुँदा पार्किङ क्षेत्रमा पानी जमेको बताए । पार्किङमा पानी जमे पनि उडान रद्द नभएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *