बीमा समितिले तत्काल नयाँ कम्पनीलाई लाइसेन्स नदिने – Nepal Press

बीमा समितिले तत्काल नयाँ कम्पनीलाई लाइसेन्स नदिने

काठमाडौं । बीमा समितिले तत्काल नयाँ लाइसेन्स वितरण रोकेको छ । ध्यानाकर्षण पत्रमार्फत समितिले जीवन, निर्जीवन र लघुबीमा कम्पनीलाई लाइसेन्स नदिने बताएको हो ।

केही दिनयता बीमा कम्पनीलाई नयाँ लाइसेन्स दिन लागेको समाचार आएकाले त्यसप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले बताए । मिडियामा आएका ती समाचारमा कुनै सत्यता नभएको र कपोकल्पित रहेको समितिको भनाइ छ ।

विवादमा पार्ने मनसायका साथ यस्ता समाचार सम्प्रेषण गरिएको समितिको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर