सुरू भएन कांग्रेस बैठक, देउवा र पाैडेल गुटकै छलफलमा – Nepal Press

सुरू भएन कांग्रेस बैठक, देउवा र पाैडेल गुटकै छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक अझै शुरू भएको छैन । दिउँसो २ बजे बोलाइएको बैठक तीन घण्टा बित्दासम्म शुरू नभएको हो ।

क्रियाशील सदस्यता छानवीन सम्बन्धमा बनाउने मापदण्ड विवादका कारण बैठक बस्न नसकेको बताइएको छ । महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्रीय समितिलाई असार २० भित्र क्रियाशील सदस्यताको सूची बुझाउनुपर्ने हुन्छ ।

निर्धारित समयमै केन्द्रीय कार्यालय सानेपा पुगेका शीर्ष नेताहरू अहिले गुटको बैठकमा छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू आ-आफ्नो कार्यकक्षमा छुट्टाछुट्टै छलफलमा छन् ।

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण, समायोजन लगायतका विषयमा सहमति जुटेपछि बैठक शुरू हुने कांग्रेस नेताले बताएका छन् ।

हिजोका लागि डाकिएको बैठक स्थगित गरी आज तय गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर