प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी विद्यार्थीद्वारा थप आन्दोलन घोषणा – Nepal Press

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी विद्यार्थीद्वारा थप आन्दोलन घोषणा

काठमाडौं । विपक्षी गठबन्धन सम्वद्ध ५ विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।

आज बसेको विद्यार्थी संगठनहरूको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार ७७ वटै जिल्लामा मसाल जुलुससहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।

त्यस्तै असार २० गते विद्यार्थी आन्दोलनका पूर्वअध्यक्षहरूसँग प्रतिगमनविरुद्ध अन्तरक्रिया गर्ने निर्णय भएको नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए ।

विद्यार्थी संगठनहरूले असार २१ गते संविधान जोगाउन माइतीघर मण्डलासहित देशभर संविधानको प्रति प्रदर्शन गर्नेसमेत कार्यक्रम तय गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर