‘माधवजीलाई भेटौं भनेर फोन गरेँ तर साथीहरुको दबाबले मात्र फोन उठाएँ भन्नुभयो’ – Nepal Press

‘माधवजीलाई भेटौं भनेर फोन गरेँ तर साथीहरुको दबाबले मात्र फोन उठाएँ भन्नुभयो’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँग कुरै गर्न नचाहेको गुनासो गरेका छन् । केन्द्रीय कमिटीको शुक्रवारको बैठकमा ओलीले आफूसँग नेपालले वार्ता गर्न नचाहेको सुनाएका हुन् ।

बिहीबार बेलुका आफूले भेटौं भनेर आग्रह गरेको बताउँदै ओलीले २०-२५ मिनेट फोनमा कुरा भएको पनि जानकारी दिए ।

ओलीले भने, ‘मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें । २०-२५ मिनेट कुरा गरेँ । भेटौँ भन्दा माधवले मान्नुभएन । ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ’ भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर