भारतमा कोभिडबाट मृत्यु हुने संख्या ४ लाख नाघ्यो, खोप अभियान सुस्त हुँदा मृत्यु रोकिएन – Nepal Press

भारतमा कोभिडबाट मृत्यु हुने संख्या ४ लाख नाघ्यो, खोप अभियान सुस्त हुँदा मृत्यु रोकिएन

दिल्ली । कोभिड–१९ को कारण भारतमा मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । खोप अभियान चलिरहँदा पनि त्यहाँ मृत्यु हुनेको संख्यामा उल्लेखनीय कमी आएको छैन ।

थप मृत्युहरुलाई गणना नगरिँदा मृत्यु संख्या यो भन्दा उच्च हुन सक्ने भारतीय संचारमाध्यमले जनाएका छन् । अमेरिका र ब्राजिलपछि भारत कोभिड मृत्यु हुने ४ लाख संख्या पुग्ने तेस्रो प्रभावित मुलुक हो ।

संक्रमित संख्या अमेरिकाबाट दोस्रो स्थानमा रहेको भारतको ३० मिलियन पुगेको छ । पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमण ४० हजारमा घटेको छ ।

गत मे महीनामा संक्रमण उत्कर्षमा पुग्दा दैनिक ४ लाख संक्रमण भएको थियो । विभिन्न राज्यले कडा लकडाउन गरेपछि संक्रमित हुने संख्यामा कमी आएको हो ।

गत जनवरीमा खोप अभियान सुरु भएपनि कूल जनसंख्याको ५ प्रतिशतले मात्र भारतमा खोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *