विशिष्ठ श्रेणीका फिल्मकर्मीलाई साउन १ गतेदेखि एकलाखको स्वास्थ्य बीमा – Nepal Press

विशिष्ठ श्रेणीका फिल्मकर्मीलाई साउन १ गतेदेखि एकलाखको स्वास्थ्य बीमा

मरणोपरान्त राष्ट्रिय सम्मान दिइने नियम बन्दै

काठमाडौं । सरकारले विशिष्ठ श्रेणीका फिल्मकर्मीलाई १ लाखसम्मको स्वास्थ्य बीमा गर्ने भएको छ । साउन १ गतेदेखि लागु हुने गरि उक्त व्यवस्था हुन लागेको चलचित्र विकास बोर्डले जनाएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै बोर्ड अध्यक्ष दयाराम दाहालले आगामी आर्थिक वर्षको सुरुआतसँगै स्वास्थ्य बीमा लागु हुने बताए । सरकारबाट विशिष्ठ श्रेणीको परिचयपत्र लिएकाले यो सुविधा लिन पाउनेछन् ।

अहिलेसम्म ३८ जनाले सरकारबाट परिचयपत्र लिएपनि थप वितरण हुँदै जाँदा डेढसय सम्म पुग्ने अनुमान छ । ‘उपचारका लागि औषधि खान पैसा नपुग्न सक्छ, राहत होस् भनेर स्वास्थ्य बीमा गर्न लागेका हौं’ दाहालले भने ।

यसैगरि, चलचित्रकर्मीलाई मरणोपरान्त राष्ट्रिय सम्मान प्रदान गर्ने तयारी समेत भएको छ । बोर्ड अध्यक्ष दाहालका अनुसार कुनै ख्यातीप्राप्त कलाकारको असामयिक निधन भए सरकारले राष्ट्रिय सम्मान प्रदान गर्ने जनाइएको छ । यसको अन्तिम तयारीमा बोर्ड जुटेको उनले जनाए ।

तस्विर : तत्कालिन संचारमन्त्री शेरधन राई र चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको कार्यकालमा परिचयपत्र वितरण भएको थियो ।


प्रतिक्रिया

One thought on “विशिष्ठ श्रेणीका फिल्मकर्मीलाई साउन १ गतेदेखि एकलाखको स्वास्थ्य बीमा

  1. बिशिस्ट श्रेणी भनि बर्गिकरण कसरी गर्ने ? त्यसो भए त निजामती, आर्मी , पुलिस , प्राध्यापक तथा अन्य निकायमा कम गरिरहेका वा काम गरिसकेकालाई पनि त यो सुबिधा दिन पर्ने हो होइन भनि सर्बोच्च गए के हुन्छ ?

Leave a Reply to Dr. Bal Kumar KC Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर