मेशिनले धान रोपेपछि स्थानीय दंग, चक्लाबन्दी गर्ने किसानलाई १० हजार अनुदान – Nepal Press

मेशिनले धान रोपेपछि स्थानीय दंग, चक्लाबन्दी गर्ने किसानलाई १० हजार अनुदान

रुपन्देही । रुपन्देहीको देवदह क्षेत्रमा धान रोप्ने मेसिनद्वारा धान रोपाई शुरु भएपछि स्थानीय दंग परेका छन् । कानले सुनेपनि आफ्नै आँखाले यस्तो प्रविधि देख्न नपाएका धेरै स्थानीयलाई देवदह क्षेत्रमा पहिलो पटक यस्तो मेशिनबाट धान रोपाई शुरु गरेपछि खुसी भएका हुन् ।

शक्तिमान कम्पनीद्वारा निर्मित ४ हाउस पावरको मेसिनले एक घण्टामा १० कठ्ठा जग्गामा धान रोप्न सकिने स्थानीय उदययकुमार सिंहले बताए । उनले नेपालमा यान्त्रिक प्रविधि भित्रिएपनि कृषकले महंगो मूल्य तिर्नुपरेको बताउदै यसको लागि सरकारले कृषकलाई यान्त्रिक अनुदानको व्यवस्था गर्न सुझाव दिए ।

हातले रोपेको भन्दा प्रविधिले रोपेको धान उत्पादन धेरै हुने स्थानीय भेषराज पाण्डेले बताए । मेसिन प्रयोग गरी गरिएको धान रोपाईमा समान गहिराईमा धान रोप्न सकिने बताउँदै उनले सरकारले कृषकहरुलाई यान्त्रिकरणमा प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

अवका दिनमा कृषि पेशामा युवाहरुलाई जोड्न यस्ता प्रविधिको आवश्यक भएको नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताइन् । परम्परागत कृषि खेतीबाट सोंचेजस्तो उत्पादन तथा आम्दानी हुन नसकेकोले कृषिमा परिवर्तन ल्याउन शुरु गरिएको उनको भनाइ छ ।

देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले यान्त्रिकबाट धान रोपाई गर्दा उत्पादन बृद्धि हुनुको साथै लागत मूल्य पनि घट्ने बताए । उनले धान उत्पादन बृद्धि गर्नको लागि जग्गाको चक्लावन्दी गर्न आवश्यक रहेको औंल्याउदै जग्गा चक्लाबन्दीको लागि कृषकहरुलाई प्रोत्साहन गर्ने योजना अगाडि ल्याएको जानकारी दिए ।

कृषि उत्पादन बृद्धिको लागि जग्गा चक्लाबन्दीको योजना अगाडि सारेपनि कार्यान्वयन हुन नसकेको बताउँदै जग्गा चक्लाबन्दी गर्ने किसानलाई देवदह नगरपालिकाले १० हजार अनुदानको व्यवस्था गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर