दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार – Nepal Press

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आज १९.१२ अंकले बढ्दै २८४३ विन्दुमा बन्द भएको छ ।

आज ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ताको सेयर किनबेचमा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ कारोबार भएको छ । आज सेयर किनबेच र कारोबार रकममा सुधार आएको हो । हिजो ४.१३ अंकले घटेको बजारमा साढे पाँच अर्बको करोबार भएको थियो ।

आज निको इन्स्योरेन्सको ३० करोडको कारोबार भयो । ज्योति विकास बैंकको १८ करोडको कारोबार भयो । आज ओरेन्टियल होटललगायत तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । निर्जीवन बीमा कम्पनी समूहबाहेक अन्य सबै समूह हरियो भएका छन् । आज सबैभन्दा धेरै होटल तथा टुरिजम समूहका लगानीकर्ताले कमाएका छन् ।

होटल तथा टुरिजम समूहको ३.९४ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक समूह पनि ३.६३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर