आन्तरिक उडान खुलेपछि काठमाडौं एयरपोर्ट परिसरको चहलपहल – Nepal Press
आन्तरिक उडान खुलेपछि काठमाडौं एयरपोर्ट परिसरको चहलपहल
फोटो फिचर
निशान्त सिंह गुरुङ्ग २०७८ असार १७ गते १५:२८
२०७८ असार १७ गते १५:२८

काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको छ । वायुसेवा संचालक संघका अनुसार शुरूआतमा दैनिक ६४ उडान हुनेछन् ।

आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट यात्रुलाई काठमाडौं हवाई मार्गबाट आवतजावतमा सहज भएको छ । यात्रुहरूका लागि फेसशिल्ड, मास्क र स्यानिटाइजरल एवं विमान संचालकहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य गरिएको छ ।

उडान शुरू भएसँगै विमानस्थलमा पनि चहलपहल बढेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यात्रुका आफन्तलाई स्वागत वा बिदाईमा एयरपोर्ट परिसर नआइदिन विमानस्थल प्रशासनले अनुरोध गरेको छ । आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा देखिएको दृष्य कैद गरेका छौं ।