बाढी पहिरोले पृथ्वीराजमार्गको अवरुद्ध – Nepal Press

बाढी पहिरोले पृथ्वीराजमार्गको अवरुद्ध

धादिङ । अविरल वर्षाका कारण ठाउँ ठाँउमा पहिरो खसेपछि पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्ड रातिदेखि अवरुद्ध भएको छ ।पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० जवाङखोला आसपासमा पहिरो खसेपछि रातिदेखि सडक अवरुद्ध बनेको हो ।

बिहानैदेखि पहिरो हटाउने काम भइरहेको छ । वर्षा जारी रहेको र लेदो सहितको पहिरो खस्न नछाडेकाले पहिरो पन्छाउन समस्या भएको जोगिमारा प्रहरी कार्यालयले जनाएको छ ।

लगातार परेको वर्षाले धादिङको वेनिघाटरोराङ गाउँपालिकाको हुग्दिखोला, गोईराङ,रोवाङ, कोस्राङ, जोगिमारा, हात्तिबाङ लगायतका स्थानमा पहिरो खसिररहेको र त्यो सबै बग्दै पृथ्वीराजमार्गमा आइपुग्ने भएकाले राजमार्गमा लेदो झर्ने क्रम जारी रहेको बताइएको छ ।

यसै गरी माछा मार्नेक्रममा धादिङमा एक युवक त्रिशूली नदीमा हराइरहेका छन् । धादिङको बेनिघाटरोराङ ५, बिशालटरका २० वर्षका लक्ष्मण बिसुराल घर नजिकै त्रिशूली नदीमा पसेर माछा मार्दै गर्दा बिहिवार विहान बेपत्ता भएका हुन् ।

त्रिशूली नदीमा पानीको वहाब अत्याधिक बढेका कारण बिसुरालको खोजी कार्य समेत प्रभावित भएको छ । घटना लगत्तै स्थानीयवासी, आफन्त र प्रहरीको टोलीले उनको खोजी जारी राखेको इलाका प्रहरी कार्यालय बेनिघाट धादिङले जनाएको छ ।

त्यसै गरी जिल्लाको बेनिघाटरोराङ २, ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग भित्र बाढी पसेर क्षति पुर्‍याएको छ ।मलेखु खोलामा आएको बाढी सिमेन्ट उद्योग परिसर भित्र कम्पनीभित्र पसेर निर्माणाधीन अवस्थाका सामानहरु बगाएको उद्योगले जनाएको छ ।

मलेखु खोलामा आएको बाढीले सिमेण्ट उद्योग नजिकै स्थानीय सिताराम गुरुङले संचालन गर्दै आएको होटल बगाएको छ भने अर्को २ वटा होटलमा पनि बाढी पसेर नोक्सानी पुर्‍याएको छ ।

ह्वासिन सिमेन्टको मुख्य उद्योग परिसर भित्र बाढी नआइपुगेको भएपनि छेउछाउमा भने पनि बाढीले पसेर क्षति पुर्याएको प्रहरी चौकी प्रहरी ताल्तीले जनाएको छ ।

निर्माणाधीन सिमेन्ट उद्योगको चिनियाँ कामदारहरु बस्ने आवास क्षेत्रमा लेबर बाढी पसेपछि कामदारहरुलाई सुरक्षित स्थानमा सारिएको कम्पनीका प्रतिनिधि तुलसीजंग थापाले वताएका छन् । सिमेण्ट उद्योग निर्माणाधिन क्षेत्रमा अघिल्लो बर्षपनि बाढी पसेर ठूलो क्षति पु¥याएको थियो ।

त्यसै गरी जिल्लाकै ज्वालामुखी गाउँपालिका ६, पोखरेपानीमा बिहिवार सिवहान पहिरोले स्थानीय जुनाराम मगरको गोठ पुरिएको छ ।
पहिरोले गोठ पुरिदा एउटा भैंसी, ९ ओटा बाख्रा, ९५ ओटा कुखुरा पनि पुरिएको स्थानीयले बताएका छन् । प्रहरी र स्थानीय मिलेर पहिरोमा पुरिएका भैंसी बाख्रा, कुखुरा निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *