मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बिक्री सुरु – Nepal Press

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बिक्री सुरु

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय कम्पनीले ३ लाख ८९ हजार ९०० कित्ता अर्थात ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण सेयर विक्री खुल्ला गरेको छ ।

३ लाख ८९ हजार ९०० कित्ता सेयर मध्ये ०.५ प्रतिशत अर्थात ६०५८ कित्ता विक्री प्रवन्धकलाई, ५ र५ प्रतिशत संस्थाका कर्मचारी र सामूहिक लगानीकोषका लागि छुट्याइएको छ ।

भने, बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीका लागि आवेदनआव्हान गरिएको छ । आवेदकले कम्तीमा १० कित्ता र बढीमा १००० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको सेयर विक्री प्रवन्धकमा एनएमबि क्यापिटललाई जिम्मेवारी तोकिएको छ । आजवाट विक्री खुल्ला भएको यस कम्पनीको सेयरमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सबै सेयर बिक्री नभएको खण्डमा विक्री प्रवन्धकले असार ३१ गतेसम्म म्याद थप गर्न सक्ने व्यवस्था गरिएको छ ।

आईपीओ निष्कासन पश्चात यस संस्थामा सर्वसाधारण लगानीकर्ताको ३२.११ प्रतिशत र संस्थापक लगानीकर्ताको ६७.८९ प्रतिशत सेयर कायम हुनेछ । ईक्रा नेपालले यस कम्पनीलाई डब्वल बी रेटिङ प्रदान गरेको छ । यसले मनकामना स्मार्ट लघुवित्तीय संस्थालाई मध्यम स्तरिय वित्तीय जोखिम भएको कम्पनीरुपमा संकेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर