गृहमन्त्री पौडेलले बोलाए विपद् व्यवस्थापनसम्बन्धी बैठक,उद्दार तथा राहतका लागि ‘हाइ अलर्ट’ – Nepal Press

गृहमन्त्री पौडेलले बोलाए विपद् व्यवस्थापनसम्बन्धी बैठक,उद्दार तथा राहतका लागि ‘हाइ अलर्ट’

काठमाडौं । देशभर वर्षाका कारण नदी सतह बढिरहेको र विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले तत्काल उद्दार र राहतमा जुट्नका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले विपद् व्यवस्थापनसम्बन्धी बैठक बोलाएका छन् ।

गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा विभागीय प्रमुखहरु सहभागी रहेको उपप्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव यमराज पाण्डेले जानकारी दिए ।

जोखिममा रहेका क्षेत्रहरुको जानकारी लिने र सतर्कता अपनाउने सन्दर्भमा छलफल भइरहेको एक सुरक्षा अधिकारीले बताए । राहत तथा उद्दारका लागि सुरक्षा निकाय हेलिकोप्टरसहित ‘स्टाण्डबाइ’ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *