समाचार लेखेको आधारमा कांग्रेस कार्यकर्ताद्वारा नेपाल प्रेसकर्मीको घर घेराउ, ज्यान मार्ने धम्की – Nepal Press

समाचार लेखेको आधारमा कांग्रेस कार्यकर्ताद्वारा नेपाल प्रेसकर्मीको घर घेराउ, ज्यान मार्ने धम्की

काठमाडौं । कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीविरुद्ध समाचार लेखेको भन्दै उनीनिकट व्यक्तिहरुले नेपाल प्रेस संवाददाता शेरबहादुर थापाको घर घेराउ गरेका छन् । थापालाई ज्यान मार्ने धम्कीसमेत दिइएको छ ।

नेता शाहीले सरकारी नम्बर प्लेटको प्राडो गाडीमा रातो नम्बरप्लेट राखेर चढिरहेको विषयमा नेपाल प्रेसमा समाचार प्रकाशित भएको थियो । सोही समाचारलाई लिएर आफूलाई शाहीका स्वकीय सचिव राजबहादुर रोकायालगायतले ज्यान मार्ने धम्की दिएको थापाले जानकारी दिए ।

शाहीका कार्यकर्ताले घरमै हुलहुज्जत गरेर धम्कीसमेत दिएपछि आफू भागेर होटलमा लुकेको उनले बताए । उनले प्रहरीसँग सुरक्षा माग गरेका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले एक विज्ञप्ति जारी गरी शाहीनिकट कार्यकर्ताहरुबाट थापालाई आएको धम्कीका विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारको विषयमा चित्त नबुझे खण्डन गर्ने वा अन्य कानूनी प्रक्रिया अपनाउन सक्ने बाटो हुँदाहुँदै गालीगलौज र धम्की दिइनु प्रेस स्वतन्त्रताविरोधि कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

2 thoughts on “समाचार लेखेको आधारमा कांग्रेस कार्यकर्ताद्वारा नेपाल प्रेसकर्मीको घर घेराउ, ज्यान मार्ने धम्की

  1. सरकारि साधन श्रोतको गलत प्रयोग भयो भने पत्र पत्रीकामा छाप्ने मात्र हैन जनताले भौतिक कार्बाही गर्नसक्छ यो जनताले खाइ नखाइ कमाएको धनको दुरुपयोग हो तिनै जनताबाट उठाएको कर ट्याक्स बाट तलब भत्ता खाने सरकारी साधनको दुरुपयोग गर्ने अझ उल्टै जनतालाइ सूचना दिने निकायका मान्छेलाइ धम्की दिने ती कर्याकर्ता हैन गुंडा हुन सरकारले कर्बाही गरे गर्छ गर्दैन भने जनताले आफै कार्बाही गर्छ त्यो भौतिक कार्बाही पनि हुनसक्छ याद रहोस् सम्वन्धित निकायलाइ।💪💪👊👊🤛🤛🤜🤜

  2. जस्तो गुरु त्यस्तै चेला ।
    लुटेर, ठगेर, धम्क्याएर, झुक्याएर र झुटा बोलेर खान पल्केकाहरुबाट यस्तो व्यवहार हुनु कुनै अनौठो होईन ।

Leave a Reply to राम बहादुर रिमाल Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर