कारागारलाई सुधारगृह बनाउने मन्त्री जोशीको प्रतिवद्धता – Nepal Press

कारागारलाई सुधारगृह बनाउने मन्त्री जोशीको प्रतिवद्धता

कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी

कैलाली । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले कैलाली जिल्ला कारागारको अनुगमन गरेकी छन् । अनुगमनको क्रममा उनले कारागारलाई सुधारगृह बनाउने बताएकी छन् ।

सन् १९८१ सालमा १५० जना क्षमताको निर्माण गरिएको कैलाली कारागारमा अहिले ४८४ जना कैदी बन्दी छन् ।

जिल्ला कारागारका अनुसार ४४५ जना पुरुष , ३५ जना महिला र ४ जना आश्रित (बालबालिका) छन् ।

क्षमता भन्दा तीन गुण बढी कैदी बन्दी हुँदा कारागारमा निकै समस्या भइरहेको छ । मन्त्री जोशीले सबै समस्याको समाधानको लागी पहल गर्ने बताइन् । उनले कैदीबन्दीलाई आयआर्जनमा समेत लगाउने आश्वासन दिइन् ।

‘कैदीबन्दीहरु लाई खाली समयमा सीपमूलक तालिमहरु प्रधान गर्न योजना छ’ कानुन मन्त्री जोशीले भनिन्, ‘प्रदेशका ९ वटै जिल्ला कारागारहरूको अनुगमन गछौँ ।’

कैलाली कारागार सुधारका लागि बजेट समेत विनियोजन गरेको उनले बताइन् । ‘प्रदेशका कारागारहरुको पूर्वाधारलाई व्यवस्थित बनाउने र कैदीबन्दीलाई उत्पादनमा सहभागी गराउँछौ ’ अनुगमनका क्रममा उनले भनेकी थिइन् ।

२०७५ सालमा संघीय सरकारलाई कारागारको क्षमता बढाउन स्टेमेट पठाएको भए पनि अहिलेसम्म काम हुन नसकेको जिल्ला कारागार कैलालीका जेलर महेन्द्रसिंह खड्काले बताए ।

‘कारागार विस्तारका लागि संघीय सरकारलाई १२ करोड ८२ लाख ८४ हजार ६ सय बराबरको लागत अनुमान गरेर पठाएको दुई वर्ष भयो तर अझै बजेट आएको छैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *