ई-सेवा र रिया मनी ट्रान्स्फरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता – Nepal Press

ई-सेवा र रिया मनी ट्रान्स्फरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । ‍ युरोनेट वल्र्डवाइड इंकको सहायक कम्पनी रिया मनी ट्रान्स्फर र इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

यी दुइ कम्पनी विचको सहकार्यले फिन्टेकमा आधारित रेमिटेन्स सेवाको प्रवर्द्धन भएको विश्वास गरिएको छ । डिजिटल रेमिट्यान्सले परम्परागत किसिमको रेमिट्यान्स् कारोबारमा भइरहेका चुनौतीलाई समाधान गर्न महत्वपूर्ण भूमि खेल्ने कम्पनीले विश्वास लिएको छ ।

ई-सेवा मनि ट्रान्सफरले डिजिटल माध्यमबाट इसेवा र ६५ बैंक खाता मार्फत विप्रेषण भित्राउँदै आएको छ । ई-सेवा मनि ट्रान्सफर नेपाल राष्ट्र बैंकबाट रेमिटान्स कारोबार सम्वन्धि इजाजत प्राप्त कम्पनी हो ।

एक करोड दश लाख बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवा सम्वन्धि सेवा प्रदान गर्दै एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर