नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम खुम्चियो – Nepal Press

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम खुम्चियो

काठमाडौं । नेप्से परिसूचक आज ४.१३ अंकले घट्दै २८२३.८७ विन्दुमा रोकिएको छ । कारोबार रकममा पनि गिरावट आएको छ । आज १ करोड ६२ करोड ४८ लाख १ सय कित्ता सेयर किनबेचमा ५ अर्ब ८३ करोड ८५ लाख रूपैयाँ कारोबार भएको छ ।

आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स, ननलाइफ इन्स्योरेन्स, उत्पादन तथा अन्य समूह बाहेक सबै समूह रातो भए ।

आजको बजारमा सर्वाधिक कारोबार हिस्सा ओगटेको नेपाल इन्स्योरेन्सको ३० करोड ४२ लाख ५८ हजार बराबरको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर