एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षमाथिको कारवाही निष्क्रिय – Nepal Press

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षमाथिको कारवाही निष्क्रिय

महाधिवेशन आयोजक कमिटी भंग, अब एमाले केन्द्रीय कमिटी क्रियाशील

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् ।

बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । आज भएको महाधिवेशन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले सो जानकारी दिएका हुन् ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।


प्रतिक्रिया

One thought on “एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षमाथिको कारवाही निष्क्रिय

Leave a Reply to Guru Prasad dharma. Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर