देशका अधिकांश ठाउँमा हल्कादेखि भारी वर्षाको सम्भावना – Nepal Press

देशका अधिकांश ठाउँमा हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर धेरै ठाउँमा हल्कादेखि मध्मम र भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भने भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर